बजेटकाे अर्धवार्षिक समिक्षाः सरकारले बजेटको आकार पौने २ खर्ब रुपैयाँ घटायाे ‘पूर्णपाठ’
![बजेटकाे अर्धवार्षिक समिक्षाः सरकारले बजेटको आकार पौने २ खर्ब रुपैयाँ घटायाे ‘पूर्णपाठ’](https://arthakoartha.com/wp-content/uploads/2025/01/mof.jpg)
काठमाडाैं, २४ माघ । सरकारले बजेटकाे अर्धवार्षिक समिक्षा गर्दै बजेकाे आकार शंसाेधन गरेकाे छ । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० कराेड रूपैयाँकाे बजेट ल्याएकाेमा यसलाई शंसाेधन गर्दै १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँमा झारेका छन्।
६ महिनासम्म पुँजीगत खर्च, वैदेशिक ऋण र अनुदान प्राप्ति तथा राजस्व संकलन लक्ष्य अनुसार नभएपछि सरकारले बिहिबार बजेटको अर्धवार्षिक समिक्षा मार्फत बजेटको आकार पौने २ खर्ब रुपैयाँ घटाएको हाे। सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने नयाँ अनुमान गरेकाे छ ।
चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको थियो। चालुतर्फ विनियोजित रकमको ९०.२४ प्रतिशत अर्थात १० खर्ब २९ अर्ब ३० करोड, पुँजीगतर्फ ८५ प्रतिशत अर्थात २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ खर्च हुने सरकारको संशोधित अनुमान छ।
यस्तै चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब राजस्व संकलनकाे लक्ष्य लिएकाेमा १२ खर्ब ८६ अर्ब ९८ कराेड ११ लाख रूपैयाँ राजस्व संकलन हुने अनुमा गरेकाे छ ।