Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

१ करोड ९५ लाख रूपैयाँ बराबरकाे एफपीओ निष्कासन गर्दै स्वरोजगार लघुवित्त, फागुन २१ गतेसम्म आवेदन दिन सकिने

१ करोड ९५ लाख रूपैयाँ बराबरकाे एफपीओ निष्कासन गर्दै स्वरोजगार लघुवित्त, फागुन २१ गतेसम्म आवेदन दिन सकिने

काठमाडाैं, ६ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप १ लाख ९५ हजार ७७३ कित्ता सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

संस्थाको एफपीओमा फागुन १८ देखि २१ गतेसम्म न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले गत माघ २७ गते नेपाल धिताेपत्र बाेर्डबाट एफपीओ निष्कासन गर्न स्वीकृति पाएकाे थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x