विरगञ्ज भन्सारकाे राजस्व असुलीमा वृद्धि, ७ महिनामा साढे ९४ अर्ब संकलन

काठमाडाैं, ९ फागुन । चालु आर्थिक वर्षको ७ महिनामा विरगञ्ज भन्सार कार्यालयले ९४ अर्ब ५२ कराेड १६ लाख ५४ हजार रूपैयाँ राजस्व संकलन गरेकाे छ ।
चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा कार्यालयले ७ अर्ब ९५ कराेढ बढी राजस्व संकलन गरेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कार्यालयले २१ अर्ब ८१ कराेड ६६ लाख ४६ हजार रूपैयाँ राजस्व संकलन गरेकाे थियाे ।
कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा १२ अर्ब १५ कराेड, भदाैमा १३ अर्ब ४२ कराेड, असाेजमा १३ अर्ब ४७ कराेड, कार्तिकमा ११ अर्ब १० कराेड, मंसिरमा १४ अर्ब ४० कराेड, पुसमा १५ अर्ब ४७ कराेड रूपैयाँ राजस्व संकलन गरेकाे थियाे ।
चालु आर्थिक वर्षमा सरकारले कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ कराेड राजस्व संकलनकाे लक्ष्य ताेकेकाे छ ।