Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडाैं, ११ फागुन । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ । गत शुक्रबार ताेलामा १ हजार रूपैयाँले घटेकाे सुनकाे भाउ आज ३ सय रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतिताेला १ लाख ७० हजार रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज ताेलाकाे १ लाख ७० हजार ३ सय रुपैयाँ निर्धारण भएकाे छ ।

यता आज चाँदीकाे भाउ पनि ताेलामा २० रूपैयाँले घटेकाे छ । गत शुक्रकार प्रतिताेला १ हजार ९ सय ९० रुपैयाँमा काराेभार भएकाे चाँदी आज  ताेलाकाे १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x