नेप्से ३.३५ अंकले बढ्दा ८ अर्ब माथिकाे काराेबार

काठमाडाैं, १२ फागुन । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ३.३५ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.१२ प्रतिशतले बढेर २ हजार ७ सय ५८ बिन्दुमा पुगेको छ ।
यस दिन २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख ६४ हजारमा कारोबार भएको छ । हिजाे २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजारमा काराेबार भएकाे थियाे ।
आज कारोबार भएको बजारमा ९० कम्पनीको सेयर मुल्य बढेको छ भने १४५ वटाको घटेको छ । यस्तै ९ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने राप्ति हाइड्र एन्ड जेन्र्ल कंस्ट्रकसन् काे सेयर मुल्य ९.४७ प्रतिशतले बढेको छ ।
यस्तै आज विन नेपाल लिमिटेडकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।