Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि २८ सय विन्दुमाथि सेयर बजार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि २८ सय विन्दुमाथि सेयर बजार

काठमाडाैं, १५ फागुन । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बिहिबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १५ अङ्कले बढेर २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ । याे ६ महिनायताकै उच्च बिन्दु हाे ।

आज सबै समूहको शेयर बढेका छन्। यस दिन बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले बढेको छ ।आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै आज ३ सय वटा कम्पनीका २ करोड ६१ लाख कित्ता शेयर ११ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएका छन् । गत मङ्गलवार ९ अर्ब ९० करोडको शेयर कारोबार भएको थियाे ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बैंकहरूको नाफा बढ्ने गरी असल कर्जाको प्रावधान दर १ प्रतिशतमा झारेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x