Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

बिहिबार पनि घट्यो सेयर बजार, कारोबार रकम १० अर्बमा खुम्चियो

बिहिबार पनि घट्यो सेयर बजार, कारोबार रकम १० अर्बमा खुम्चियो

काठमाडाैं, २२ फागुन । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २.७० अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.०९ प्रतिशतले घटेर २ हजार ८ सय १८ बिन्दुमा पुगेको छ ।

आज ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिजाे बजारमा १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

आज कारोबार भएको बजारमा ९९ कम्पनीको सेयर मुल्य बढेको छ भने १३२ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै १२ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य ९.९१ प्रतिशतले बढेको छ ।

यस्तै आज १०% नबिल ऋणपत्र २०८२ काे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *