एनआरएन र विदेशमा बस्ने नेपालीलाई लक्षित एनआईसी एशिया क्यापिटलको विशेष डायस्पोरा खाता संचालन

काठमाडाैं, २७ फागुन । एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा एनआईसी एशिया क्यापिटलले “One-Stop Solution” सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको छ ।
यस सेवा गैर–आवासीय नेपाली (एनआरएन) तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी÷लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु यस एनआईसी एशिया क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्दछ ।
यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू (एनआरएन) र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू (एनआरओएस) लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भुमिका निर्भाह गर्नु हो ।