केआर इभेन्ट्सद्वारा “होली फिएस्टा” -रङ्ग र रमाइलोको उत्कृष्ट उत्सव घोषणा

काठमाडाैं, २७ फागुन । केआर इभेन्ट्सले बहुप्रतीक्षित होली कार्यक्रम “होली फिएस्टा – Dive into Colors” को घोषणा गरेको छ। यो भव्य रङ्गहरूको उत्सव २०२५ मार्च १३, बिहीबार, होटल सान्वी, बौद्धमा बिहान ११ बजेबाट सुरु हुनेछ।
होली फिएस्टा संगीत, मनोरञ्जन, र चाडपर्वहरूको जीवन्त मिश्रण हुनेछ, जसमा प्रत्यक्ष संगीत, डीजे सेसन, पूल पार्टी, बच्चाहरूका लागि विशेष पूल जोन, लक्की ड्र, लाइभ खाना तथा पेय स्टलहरू, रमाइला खेलहरू र अन्य मनोरञ्जनात्मक गतिविधिहरू समावेश हुनेछन्। साथै, पर्याप्त पार्किङ सुविधाले सहभागीहरूलाई सहज अनुभव प्रदान गर्नेछ।
कार्यक्रममा सहभागि हुन अर्ली बर्ड टिकट मूल्य रू ३५०, साधारण साधारण टिकटको ५०० रूपैयाँ र ८ वर्षमुनिका बालबालिकाहरूलाई निःशुल्क प्रवेश टिकटहरू खल्ती एप मार्फत सहज रूपमा किन्न सकिन्छ।
होली फिएस्टा २०२५ को मुख्य प्रायोजक गोरखा बियर हो, भने कोमेट डिटर्जेन्ट, आइएनआइ सिनेमाज्, तुला इन्टरप्राइजेज, एफक्युब सिनेमाज्, र ग्लिट्ज ग्यालोर ले महत्त्वपूर्ण सहयोग प्रदान गरेका छन्। कार्यक्रम अवधिभर एरा इन्टरनेशनल अस्पताल ले चिकित्सा सहायता उपलब्ध गराउनेछ, जसले सबै अतिथिहरूको सुरक्षा र सुव्यवस्था सुनिश्चित गर्नेछ।
रमाइलो यहीँ रोकिँदैन होली फिएस्टाको अफिसियल अफ्टरपार्टी टर्टल क्लबू मा निरन्तर हुनेछ, जसले सबै पार्टीप्रेमीहरूलाई अविस्मरणीय होली अनुभव प्रदान गर्नेछ। रङ्ग, संगीत, र ननस्टप रमाइलोसँग भरिएको एक अविस्मरणीय दिन हुने ईभेन्ट कम्पनिले जनाएको छ।