लगातार तिन दिन घट्काे नेप्से आज दाेहाेराे अंकले बढ्याे, ८ अर्ब २३ करोडकाे काराेबार

काठमाडाैं, २८ फागुन । नेपालको सेयर बजारमा आज(बुधबार) वृद्धि देखिएकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२८ अंकले घटेर २,७३६.४८ विन्दुमा बन्द भएको छ। यो वृद्धि ०.६३ प्रतिशतको हो।
आजको कारोबारमा कुल ८ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर किनबेच भएका छन् । हिजाे ८ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर कारोबार भएकाे थियाे ।
बजारमा आज १४४ कम्पनीको सेयर मूल्य बढेको छ, भने ८९ कम्पनीको सेयर घटेको छ र ११ कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने पिपुल्स हाइड्राेपावरकाे सेयर मुल्य ९.७९ प्रतिशतले बढेको छ ।
यस्तै आज विन नेपाल लघुवित्त वित्तयकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।