Date

सोम, चैत्र ३, २०८१
Mon, March 17, 2025

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक विधेयकमाथी छलफलको प्रस्ताव पेश गर्ने

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक विधेयकमाथी छलफलको प्रस्ताव पेश गर्ने

काठमाडौं, ३ चैत्र । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी, ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x