Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आज तुलसी सार्ने हरिशयनी एकादशी

आज तुलसी सार्ने हरिशयनी एकादशी

काठमाडौं ७ साउन । आज हरिशयनी एकादशी हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर मानाउदै छन् । आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिन छरिएको तुलसीको बीउ तयार भई यसैदिन रोप्नुपर्ने मान्यता छ। यसरी आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णु वा उनको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ।

यो वर्ष जेठमा परेको अधिकमासका कारण असारको एकादशी साउनमा परेको हो। वैष्णव परम्पराअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ। पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन्। यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो।  धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु हुँदैन। यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x