Date

आइत, चैत्र ९, २०८१
Sun, March 23, 2025

नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी (तस्वीर सहित)

नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी (तस्वीर सहित)

काठमाडौं, ९ चैत्र । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप ¥याली निकालेका छन् ।

शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप ¥याली निकालिएको हो ।

¥यालीका क्रममा राजाबादीहरुले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए ।

र्याली अघि बढ्ने क्रममा प्रहरी पटक पटक अवरोध गरेको थियो । यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरिएको थियो ।

सोही दिनबाट हौसिएका राजवादीहरुले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आइरहेका छन् । तर शनिबार काठमाडौंमा प्रदर्शन भइरहँदा शाह भने गोरखा जिल्लाको गोरखनाथ मन्दिरको दर्शन गर्न पुगेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x