Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, ७ साउन । साताको दोस्रो कारोबार दिन आज भने सेयर बजार परिसूचक नेप्सेमा सुधार देखिएको छ । आज बजार १२.८४ अंकले बढेर ११९४.५० को बिन्दुमा उक्लिएको छ ।

सो दिन होटल समूहको कारोबार भएन । तर बाँकी अन्य सबै समूहको परिसूचक उकालो लागेपछि समग्रमा बजार बढेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक १३३.५१ अंकले बढेको छ । त्यस्तै जीवन बीमा समूहको ५४.८६ र माइक्रोफाइनान्स समूहको परिसूचक पनि ३५.४५ अंकले बढेको छ।

एक सय ५७ कम्पनीको १८ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x