नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा, गभर्नरको लागि तयारी गर्दै
काठमाडौं, १२ चैत्र। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । ढुङ्गानाले गत आइतबारबाट लागू हुने गरी सीईओ पदबाट राजीनामा दिएका हुन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नको लागि पदबाट राजीनामा दिइएको बताइएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यअवधि पूरा भएसँगै अहिले नयाँ गभर्नर चुन्ने तयारीमा सरकार छ ।
जसका लागि ढुङ्गानाले सीईओबाट राजीनामा दिएर गभर्नरको तयारीमा होमिने योजना रहेको बताइएको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा जोडिएर काम गरेका ढुङ्गाना कुशल बैंकरको रूपमा पनि परिचित छन् ।



