सेयर बजारमा हरियाली: नेप्से उकालो, कारोबार रकम भने घट्यो

काठमाडाैं, १३ चैत्र । नेपालको सेयर बजारमा आज(बुधबार) वृद्धि देखिएकाे छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१३ अंकले बढेर २६२३.२१ विन्दुमा बन्द भएको छ। यो वृद्धि १.५१ प्रतिशतको हो।
हिजाे भन्दा आज काराेबार रकम घटेकाे छ । आजको कारोबारमा कुल ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच भएका छन् । हिजाे ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ कराेड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर कारोबार भएकाे थियाे ।
बजारमा आज २३१ कम्पनीको सेयर मूल्य बढेको छ, भने १२ कम्पनीको सेयर घटेको छ र ० कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन माउटेन हाइड्राे नेपाल लिमिटेडकाे सेयर मुल्य ५.८५ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन् त्यस्तै आज सबै उपसुचकहरू बढेका छन् ।