Date

सोम, चैत्र १७, २०८१
Mon, March 31, 2025

गभर्नर बन्ने चाहनामा आकांक्षीहरू धमाधम जागिर छाडदै

गभर्नर बन्ने चाहनामा आकांक्षीहरू धमाधम जागिर छाडदै

काठमाडौँ, १४ चैत । चैत्र २५ गते देखि रिक्त हुने नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नयाँ नियुक्तिका लागि आकांक्षीहरुले धमाधम् आफू कार्यरत कार्यालयमा राजीनामा दिन थालेका छन् । उनीहरुको राजीनामाले गर्भनरको नियुक्तिको विषय रोचक, पेचिलो र सर्वत्र चासोको विषय बन्दै गएको छ ।

बुधवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठ भावी गभर्नरका आकांक्षी मध्ये एक हुन् ।

श्रेष्ठ एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । साथै अर्थमन्त्रीको आर्थिक सल्लाकारको रूपमा काम गरेको उनीसँग अनुभव छ ।

। गभर्नर बन्ने दौडमा रहेका अर्का आकांक्षी नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले केहीदिन अगाडि पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत्र २४ गते सकिँदै छ । वि.स. २०७६ चैत २४ गते अधिकारी ५ वर्षको लागि राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए ।
वर्तमान गर्भनरको कार्यकाल सकिन लाग्दा गभर्नर बन्नका लागि एक दर्जन आकांक्षीहरुले लबिङ गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x