Date

सोम, चैत्र १७, २०८१
Mon, March 31, 2025

बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

काठमाडौँ, १४ चैत । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको हो । अहिले २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्दछ ।

अब १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी प्राधिकरणले त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिश गर्ने निर्णय गरेको छ ।

नियमन आयोगले स्वीकृति दिएपछि यो निर्णय लागू हुनेछ । साना विद्युत प्रयोगकर्ताको मिटर रिडिङ ३ महिनामा एक पटक गर्ने पनि बैठकले निर्णय गरेको छ । अहिले मासिक रूपमा रिडिङ हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x