Date

सोम, चैत्र १७, २०८१
Mon, March 31, 2025

तोडफोड गर्दै राजावादीहरु माओवादी केन्द्र र एमाले कार्यालयतिर

काठमाडौं, १५ चैत्र। तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन् । प्रदर्शनका क्रममा आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरु च्यासलतिर अघि बढेका हुन् ।

प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् ।

प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरु नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पनि पुगेका छन् । राजावादीहरुको आन्दोलन उग्र बन्दै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x