Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

रोटरी काठमाण्डौ हेरिटेज र क्यान्सर सेन्टर काठमाण्डौं बिच सम्झौतामा हस्ताक्षर र सचेतना कार्यक्रम आयोजना

रोटरी काठमाण्डौ हेरिटेज र क्यान्सर सेन्टर काठमाण्डौं बिच सम्झौतामा हस्ताक्षर र सचेतना कार्यक्रम आयोजना

काठमाडाैं, १७ चैत्र । रोटरी काठमाडाैं हेरिटेज र क्यान्सर सेन्टर काठमाण्डौं बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाहरु बिच क्यान्सर सचेतना जगाउनको बिभिन्न बर्ग, समूहहरुमा सचेतना कार्यक्रम आयोजना गर्ने, स्वास्थ शिविर आयोजना गर्नको लागि हातेमालो गर्ने तथा अन्य बिविद्य स्वास्थ सम्बन्धि जनचेतनामूलक तथा शिक्षावद्र्धक कार्यक्रमहरु आयोजना गर्न हातेमाले गर्ने तथा क्लबका सदस्यहरुलाई बिभिन्न उपचार तथा जांचमा लाग्ने शुल्कहरुमा समेत छुट दिने बिषयहरुमा दुई पक्षहरु बिच सम्झौता भएको हो ।

काठमाडाैंको बबरमहलमा एक कार्यक्रमका बिच सम्पन्न उक्त सम्झौतामा रोटरी क्लब अफ काठमाडाैं हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमा कुमारी अधिकारी र काठमाण्डौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सुमित सापकोटाले हस्ताक्षर गरेका छन् । हस्तार सम्पन्न भएपछि क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको थियो जसमा सेन्टरका अध्यक्ष डा. सुमित सापकोटा, क्यान्स बिषेशज्ञ डा. रजनी झा, अस्पताल ब्यवस्थापक बर्षा कोईराला तथा ब्यवस्थापकहरु आकाश झा र सुजन भट्टराईले प्रस्तुतिकरण मार्फत बिभिन्न जानकारीहरु गराईएको थियो भने क्लबको तर्फबाट पनि दुबै संस्थाहरु मिलेर आयोजना गर्न सकिने बिभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराईएको थियो ।

सम्झौता पछि दुबै पक्षले क्यान्सर रोग सचेतना तथा स्वास्थ शिविर आयोजना गर्नको लागि देशका बिभिन्न समुदाय र भागहरुका कार्यक्रमहरु सञ्चालन गरी मानिसहरुको स्वास्थ सुधार गर्ने उदेश्यका साथ क्लबले आवश्यक सरोकारवालाहरुसंग समन्वय गर्ने, आवश्यक सामानहरुको ब्यवस्था गर्ने र क्यान्सर सेन्टरले उक्त कार्यक्रमको लागि आवश्यक डाक्टर, प्राविद्यिक तथा स्वास्थ सामाग्रीहरु उपलब्ध गराउने सहमती भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x