Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

सुनको नयाँ रेकर्ड: सुनको मूल्य बढ्दा चाँदी सस्तियो

सुनको नयाँ रेकर्ड: सुनको मूल्य बढ्दा चाँदी सस्तियो

काठमाडौं, १७ चैत्र । नेपाली बजारमा सुनको मूल्य आइतबार पुनः ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८०० रूपैयाँ पुगेको छ, जुन अघिल्लो रेकर्डभन्दा ६०० रूपैयाँले बढी हो।

शुक्रबार मात्र सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २०० रूपैयाँ पुगेको थियो, जसले नयाँ रेकर्ड बनाएको थियो।

तर, सुनको मूल्य बढ्दै जाँदा चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २,०२५ रूपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा १५ रूपैयाँले कम हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *