Date

मङ्ल, चैत्र १८, २०८१
Tue, April 1, 2025

सामसुङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी A56 5G, A36 5G र A26 5G, अब सबैका लागि AI अनुभव !

सामसुङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी A56 5G, A36 5G र A26 5G, अब सबैका लागि AI अनुभव !

काठमाडौं, १७ चैत्र ।  सामसुङ नेपालले नयाँ ग्यालेक्सी A सिरिजका स्मार्टफोनहरू – ग्यालेक्सी A56 5G, ग्यालेक्सी A36 5G र ग्यालेक्सी A26 5G सार्वजनिक गरेको छ। ‘सबैका लागि AI’ सोच अनुरूप ल्याइएका यी फोनहरूमा पहिलो पटक ‘असम इंटेलिजेन्स’ नामक अत्याधुनिक AI प्रविधि समावेश गरिएको छ, जसले खोजी, सिर्जनशीलता र प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ।

नयाँ डिजाइन र टिकाउपन
यी फोनहरू आकर्षक डिजाइन्सहित IP67 धुलो तथा पानी प्रतिरोधात्मक क्षमताका साथ आएका छन्। Gorilla Glass Victus+ सुरक्षासहित, यी फोनहरू लामो समय टिक्नेछन्। साथमा, ६ वर्षसम्मको OS तथा सुरक्षा अपडेट उपलब्ध गराइने भएकाले प्रयोगकर्ताले सुरक्षित र भरपर्दो अनुभव प्राप्त गर्नेछन्।

अत्याधुनिक क्यामेरा र AI विशेषता
ग्यालेक्सी A सिरिजमा 50MP मुख्य क्यामेरा दिइएको छ। A56 5G र A36 5G मा 10-bit HDR फ्रन्ट क्यामेराले सेल्फीलाई अझ उत्कृष्ट बनाउँछ। ‘सर्कल टु सर्च’ र ‘म्यूजिक आइडेन्टिफायर’ जस्ता AI फिचरहरूले खोजीलाई सजिलो बनाउनेछ। साथै, Object Eraser ले फोटोबाट अनावश्यक वस्तुहरू हटाउने सुविधा प्रदान गर्दछ।

शक्तिशाली प्रोसेसर र ब्याट्री
ग्यालेक्सी A56 5G मा Exynos 1580 चिपसेट तथा A36 5G मा Snapdragon® 6 Gen 3 प्रोसेसर समावेश गरिएको छ। 5000mAh ब्याट्री र 45W सुपर-फास्ट चार्जिङ सपोर्टका साथ यी स्मार्टफोनहरूले लामो समयसम्म उत्कृष्ट प्रदर्शन दिनेछन्।

मूल्य र उपलब्धता
नयाँ ग्यालेक्सी A56 5G, A36 5G र A26 5G स्मार्टफोनहरू मार्च २८ देखि नेपालभर उपलब्ध हुनेछन्। यी फोनहरू ४८,९९९ रुपैयाँदेखि ७०,९९९ रुपैयाँसम्मका विभिन्न भेरियन्टमा पाइनेछन्। साथै, सामसुङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत ०% ब्याजमा EMI सुविधासमेत उपलब्ध हुनेछ।

सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “नयाँ ग्यालेक्सी A सिरिजले AI को शक्ति सबै प्रयोगकर्तासम्म पुर्याउनेछ। यी स्मार्टफोनहरूले सिर्जनशीलता, सुरक्षा र विश्वसनीयता प्रदान गर्नेछन्।”

फोनको मूल्य सूची:

  • Galaxy A56 5G: रु ६५,९९९ (८GB/२५६GB) | रु ७०,९९९ (१२GB/२५६GB)
  • Galaxy A36 5G: रु ४८,९९९ (८GB/१२८GB) | रु ५४,९९९ (८GB/२५६GB) | रु ५९,९९९ (१२GB/२५६GB)
  • Galaxy A26 5G: रु ४५,९९९ (८GB/२५६GB)

नयाँ ग्यालेक्सी A सिरिजको उत्कृष्ट AI विशेषता र दमदार परफर्मेन्सले नेपाली स्मार्टफोन बजारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x