Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

नेपाल पुनर्बीमाको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, गत वर्षको तुलनामा २७.४१ प्रतिशत घट्यो

नेपाल पुनर्बीमाको  चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, गत वर्षको तुलनामा २७.४१ प्रतिशत घट्यो

काठमाडौं, चैत २१ । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चौथो त्रैमाससम्मआइपुग्दा निर्जीवन र जीवन बीमा व्यवसायबाट कुल १ अर्ब १३ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको तुलनामा २७.४१ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष २०७९/८० को चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

गत आवमा कम्पनीले ९ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आवको तुलनामा आर्जन ३.९१ प्रतिशतले घटेको हो।अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ९ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो। गत आवमा कम्पनीको कुल आम्दानी पनि १२ अर्ब ३० करोड रुपैयाँबाट घटेर ११ अर्ब २८ करोड रुपैयाँमा झरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.४३ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म वार्षिक ईपीएस १२.१७ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ९२.०४ गुणा रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *