अमेरिकी कर वृद्धिको चीनीयाँ जवाफ पछि विश्वभरकै शेयर बजारमा गिरावट, आर्थिक संकटको सामना गर्नुपर्ने चूनौती

काठमाडौं, २४ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सार्वजनिक गरेको कर बृद्धि (टारिफ) का कारण उसैको शेयर बजार प्रभावित भएको छ ।
शनिबारदेखि लागू हुने गरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिको जवाफमा चीनले पनि कर लगाएपछि अमेरिकी शेयर बजार अस्तव्यस्त भएको हो । चिनियाँ निर्णयको असर जर्मनी, फ्रान्ससँगै एसियाली मुलुकको शेयर बजारमा पनि परेको छ ।
यसले व्यापार युद्ध विस्तार हुने र विश्वव्यापी अर्थतन्त्रमा क्षति पुग्ने सम्भावना बढाएको छ ।
अमेरिकाको ठूला कम्पनीहरुको शेयर सूचंकाका (एस एन्ड पी ५००) करिब ६ प्रतिशतले घटेको छ भने बेलायतको शेयर सूचकाँक (एफटीएससी १००) लगभग ५ प्रतिशतले घटेको छ । यो पाँच वर्षमा भएको सबैभन्दा तीव्र गिरावट हो । जर्मनी, फ्रान्ससहित एशियाी देशहरुका शेयर बजार पनि घटेका छन् ।
ट्रम्पले प्रत्येक देशबाट आउने सामानहरूमा १० प्रतिशत अतिरिक्त आय कर लगाउने घोषणा गरेदेखि विश्वव्यापी शेयर बजारले खर्बौँ डलरको मूल्य गुमाएको छ। त्यसमा चीन, युरोपेली सङ्घ र भियतनाम जस्ता प्रमुख व्यापारिक साझेदारहरू सहित दर्जनौँ देशका उत्पादनहरूले धेरै उच्च दरहरूको सामना गरिरहेका छन् ।
यी उपायहरूले व्यापारमा सङ्कुचन ल्याउने ठानिएको बताउँदै उनीहरूले यसले धेरै देशहरूलाई आर्थिक मन्दीमा धकेल्न सक्ने भन्दै चेतावनी दिएका छन् ।
चीनले शुक्रबार ट्रम्पको कदमहरूलाई धम्की र अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लङ्घन भएको भन्दै अमेरिकी सामानहरूमा ३४ प्रतिशत आयात कर लगाउनुको साथै मुख्य खनिजहरूको निर्यातमा रोक लगाएको छ भने अमेरिकी कम्पनीहरूलाई आफ्नो कालोसूचीमा राखेर ट्रम्पको कदमलाई कडारुपमा जवाफ दिएको छ ।
उता, युरोपेली सङ्घले पनि आवश्यक परेको बेला अमेरिकासंग बार्ता गर्न तयार रहेको भन्दै ‘ट्रम्पले सृजना गरेको व्यापार आतंकविरुद्ध एक भएर लड्ने’ घोषणा गरेको छ । संघका व्यापार आयुक्त मारुस सेफ्चोविचले युरोपेली सङ्घ युरोपको व्यापारिक हित रक्षाको लागि सक्ष्म रहेको दावी समेत गरेका छन् ।