Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

गभर्नर विहीन राष्ट्र बैंक, कार्यवाहक पनि तोकिएन

गभर्नर विहीन राष्ट्र बैंक, कार्यवाहक पनि तोकिएन

काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शनिबारदेखि अवकाश पाइसकेका छन्। शनिबार र आइतबार बिदा परेकाले शुक्रबार नै गभर्नरको बिदाइ गरिसकिएको छ ।
पाँच वर्षे अवधि पुरा गरी निवर्तमान गभर्नर अधिकारी अवकासमा गएका पछि अहिले मुलुक गभर्नर् विहिन भएको छ ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २५ अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्ति गरी सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गरिसक्नु पर्छ ।
तर, सरकारले ऐनअनुसार नयाँ गभर्नर ल्याएको छैन। सत्तारुढ कांग्रेस र एमालेमध्ये गभर्नर कसले राख्ने टुंगो नहुँदा नियुक्त ढिलाइ भएको हो ।

गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनु पर्ने ऐनको दफा २७ मा उल्लेख छ। तर आइतबार सम्म पनि कसैलाई कार्यवाहक गभर्नर तोकिएको छैन ।
यद्यपि, कार्यवाहक अर्थ मन्त्रालयले तोक्ने वा मन्त्रिपरिषद्ले नै तोक्ने भन्ने ऐनमा प्रष्ट प्रावधान भने छैन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x