Date

बिहि, बैशाख ४, २०८२
Thu, April 17, 2025

राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने : सूचना प्रविधिमन्त्री गुरुङ

राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने : सूचना प्रविधिमन्त्री गुरुङ

काठमाडौं, २७ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा कुनै राजनीतिक भागबण्डा नरहेको स्पष्ट पारेका छन्।

बिहीबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले भने, “गभर्नर नियुक्ति ढिलाइ हुनुको कारण दुई पार्टीबीचको असमझदारी भन्ने हल्ला गलत हो। सिफारिस समिति गठन भइसकेको छ र अध्ययन प्रक्रिया अगाडि बढिरहेको छ।”

उनका अनुसार गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ र तीमध्ये एक जनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ।

गएको चैत २४ गतेदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंक गभर्नरविहीन बनेको छ। त्यसपछिको अन्तरिम जिम्मेवारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनमा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनालाई दिइएको छ।

मन्त्री गुरुङले राष्ट्र बैंकको नेतृत्व चाँडै सुनिश्चित हुने भन्दै आम जनमानसमा भएको अन्योल अन्त्य हुने विश्वास व्यक्त गरे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x