Date

आइत, चैत्र ३०, २०८१
Sun, April 13, 2025

सिटिजन्स बैंक र मोर्डन डायग्नोस्टिक सेन्टर नेपाल बीच समझदारी

सिटिजन्स बैंक र मोर्डन डायग्नोस्टिक सेन्टर नेपाल बीच समझदारी

काठमाडाैं, २९ चैत्र । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड वुटवल स्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपाल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको । 

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक मोवाइल बैंकिङ्ग ग्राहकहरूले मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोवारवाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको डिजिटल कारोबार गर्दा पाइने छुट सम्वन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड( भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको साथै नेपालमै पहिलो पटक मोवाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन CRN नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., विस्तारित काउन्टर ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुवाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x