‘श्रम र वैदेशिक रोजगार ऐनलाई संशोधन गरिनुपर्ने’

काठमाडौं, २९ चैत्र। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले ऐन, कानुन र नियम भनेको सरकारका लागि, मन्त्रीको लागि र कर्मचारीका लागि नभइ जनताको लागि भएको बताएका हुन् ।
उनले भने,‘रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अडचन र कानुनमा सुधार गर्न सरकारले अहिले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई ध्यान दिएको छ । यसमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता छ । शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने छ ।’
साथै उनले शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने बताए । उनले रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अड्चनहरु समाधान गर्नुपर्ने बताए ।