Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

रेकर्ड बनाएको सुनको मूल्य एकैदिन १७ सयले घट्यो, चाँदी पनि सस्तो हुँदै

रेकर्ड बनाएको सुनको मूल्य एकैदिन १७ सयले घट्यो, चाँदी पनि सस्तो हुँदै

काठमाडाैं, २   वैशाख । पछिल्लो केही दिनदेखि उच्च मूल्यमा कारोबार भइरहेको सुनको भाउ आज मंगलबार एकैदिन प्रतितोला १,७०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,८४,३०० रूपैयाँमा झरेको छ।

गत आइतबार मात्र सुनको मूल्य एक हजार रूपैयाँले बढेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यस दिन छापावाल सुन प्रतितोला १,८६,७०० रूपैयाँमा कारोबार भएको थियो, जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

त्यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १,९४५ रूपैयाँमा झरेको छ। अघिल्लो दिन अर्थात् सोमबार चाँदी प्रतितोला १,९६० रूपैयाँमा कारोबार भएको थियो। यस हिसाबले चाँदीमा प्रतितोला १५ रूपैयाँले गिरावट आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *