Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

३ महिनामा ४ अर्ब ५ करोड कमायो नेपाल टेलिकमले

३ महिनामा ४ अर्ब ५ करोड कमायो नेपाल टेलिकमले

काठमाडौं, १ मंसीर । नेपाल टेलिकमले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको वित्तिय विवरण प्रकाशन गरेको छ । ९१.४९ प्रतिशत सरकारी स्वामित्व रहेको यस कम्पनी सरकारले सञ्चालन गरेका कम्पनीहरुमध्ये सबैभन्दा नाफा प्रदान गरेको कम्पनी हो । टेलिकमले प्रस्तुत गरेको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने करिब ९ करोडले कम हो ।
१५ अर्ब चुक्ता पुँजी भएकोे कम्पनीले चालु आवको असोज मसान्तसम्म ११ अर्ब ८३ करोड रुपियाँ आम्दानी गरेको छ । सर्वसाधारणलाई समेत शेयर वितरण गरेको एक मात्र दुरसञ्चार कम्पनी भए पनि सरकारको बहुमत शेयर हुँदा अनावश्यक रुपमा कर्मचारीमा धेरै खर्च गर्नुपर्ने बाध्यता कम्पनीलाई छ । कम्पनीमा सरकारको ९१.४९ प्रतिशत, ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोषको सेयर स्वामित्व रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.२४ गुणा छ । कम्पनीको जगेडा कोषमा ८१ अर्ब ५७ करोड रुपैयाँ छ । गत आवको असोज मसान्तसम्म कम्पनीको रिजर्भ कोषमा ७४ अर्ब ५४ करोड रुपियाँ रकम थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x