Date

बुध, बैशाख ३, २०८२
Wed, April 16, 2025

तरलता व्यवस्थापनको तयारी: राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ तान्ने, ब्याजदरमा कम प्रतिस्पर्धीलाई प्राथमिकता

तरलता व्यवस्थापनको तयारी: राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ तान्ने, ब्याजदरमा कम प्रतिस्पर्धीलाई प्राथमिकता

काठमाडाैं, ३ वैशाख । देशको वित्तीय स्थायित्व कायम राख्न र बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज थप ३० अर्ब रुपैयाँ बजारबाट तान्ने निर्णय गरेको छ। राष्ट्र बैंकले यस कार्यका लागि आजै (बुधबार) मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत २१ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागेको हो।

बोलकबोल प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले भाग लिन सक्नेछन्। सहभागी संस्थाहरूले ब्याजदर प्रस्ताव गर्न सक्नेछन् र सबैभन्दा न्यून ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रत्येक बैंक वा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको भाग बनाएर प्रस्ताव गर्नुपर्नेछ, जसले गर्दा निःशेष भाग बाँकी नरहोस्। कुल ३० अर्ब रुपैयाँको आव्हान गरिएको यो रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलन गरिएको रकमको साँवा तथा ब्याजको भुक्तानी बैशाख २४ गते हुनेछ।

विशेषज्ञहरूको भनाइमा, बजारमा तरलताको अत्यधिक उपस्थिति हुँदा बैंकहरूले सस्तो ब्याजदरमा धेरै कर्जा प्रवाह गर्न थाल्छन्, जसले दीर्घकालीन आर्थिक असन्तुलन निम्त्याउन सक्छ। त्यसैले राष्ट्र बैंकको यस्तो पहलले मौद्रिक नीतिको अनुशासन कायम राख्न मद्दत पुर्‍याउनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x