विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न, यसरी हेर्न सकिन्छ ततिजा

काठमाडौं, ७ वैशाख । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपिओ बाँडफाँट सम्पन्न भएको हो । यसमा ५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
यसमा १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएकामा २ हजार ५२३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएको छ ।
रितपूर्वक आवेदन दिएका १९ लाख २० हजार ९३९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म कुल ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको थियो ।
यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा
सिडिएसिले आइपीओ हेर्नेका लागि बनाएको बेवासाइट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकः https://www.nsmbl.com.np/
मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login