Date

शनि, जेष्ठ १०, २०८२
Sat, May 24, 2025

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, यस्ता छन् विशेषता

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, यस्ता छन्  विशेषता

काठमाडाैं, १० वैशाख । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० घोषणा गरेको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा घोषणा गरिएको अभियानले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीले जनाएको छ । सीमित समयका लागि प्रदान गरिने अफरअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरूले निम्न विशेष सुविधा प्राप्त गर्ने सक्ने भएकाले मौकाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।​

५ वर्षसम्म शून्य सर्भिसिङ मूल्यः ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्षसम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।​

१० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टीः ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउनेछन् । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

यो विशेष ०–५–१० अभियान आगामी २०८१ वैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागू हुनेछ ।

अभियानबारे बोल्दै साइमेक्स इंक प्रालिका नेशनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौं । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो ’

अफरबारे थप जानकारीका लागि बीवाईडी आधिकारिक शोरुम वा नेपालभर चलिरहेका डिस्प्ले इभेन्टको भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *