Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

नेपाली बजारमा सुन महँगियो, चाँदी स्थिर

नेपाली बजारमा सुन महँगियो, चाँदी स्थिर

काठमाडौं, १६ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजावी सुनको मूल्यमा पनि समान अनुपातमा परिवर्तन भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोकिएको मूल्यमा नै मंगलबार पनि चाँदी कारोबार भइरहेको छ। हाल चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *