Date

मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

सेयर बजारमा पुनः गिरावट: कारोबार रकम घट्दै, १८८ कम्पनी राताम्य

सेयर बजारमा पुनः गिरावट: कारोबार रकम घट्दै, १८८ कम्पनी राताम्य

काठमाडाैं, १६ वैशाख । मंगलबारको सेयर बजारले गिरावटको क्रमलाई निरन्तरता दिएको छ। यस दिन पनि बजार दोहोरो अंकले ओरालो लागेको छ, जसले लगानीकर्तामाझ थप निराशा फैलाएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापक सूचक मंगलबार ११.६४ अंकले घटेर २,६३५.४२ विन्दुमा झरेको छ। बजार परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य गिरावट देखिएको छ। सोमबार ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार त्यो रकम घटेर ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ।

म्युचुअल फण्ड र लगानी समूहबाहेक अन्य सबै समूहगत सूचक राताम्य बनेका छन्। कुल ३११ कम्पनीको सेयर कारोबार भएकोमा ५७ कम्पनीको मूल्य वृद्धि भए पनि १८८ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ। दुबै कम्पनीको मूल्य क्रमशः १० प्रतिशत र ९.९९ प्रतिशतले बढेको हो। यस्तै, राधी विद्युत, रसुवागढी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर लगायतका कम्पनीले पनि हरियाली संकेत देखाएका छन्।

विपरीततर्फ, भोटेकोशी जलविद्युत, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीनलाइफ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लगायत कम्पनीका सेयरमा सबैभन्दा ठूलो गिरावट देखिएको छ।

कारोबार रकमको आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा उक्लिएको छ। त्यसपछि ङादी ग्रुप पावर, राधी विद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर, एचआइडीसीएल क्रमशः उच्च कारोबार गर्ने कम्पनीको सूचिमा परेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *