३ दिनसम्म शेयर बजार बन्द रहने, आइतबार मात्र खुल्ने

काठमाडौं, १७ वैशाख । शेयर बजार भोलि अर्थात बिहीबारदेखि लगातार ३ दिनसम्म बन्द रहने भएको छ । भोलि बिहीबार विश्व मजदुर दिवस भएकाले सार्वजनिक बिदा रहेको छ । जसकारण बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने छ ।
त्यसपछि शुक्रबार र शनीबार भएका कारण शेयर बजार भोलिदेखि ३ दिनसम्म लगातार बन्द रहने भएको हो । शेयर बजार अब एकैपटक २१ गते अर्थात आइतबार खुला हुनेछ । आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ ।
भोलि देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका निकायहरू बन्द रहने छन् । मजदुर दिवसलाई श्रमिकहरूको अधिकार, सम्मान र योगदानप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा लिइन्छ ।