Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

‘अर्थतन्त्रको आकारमा सुधार भइरहेको छ’ : मधुसुदन बुर्लाकोटी

‘अर्थतन्त्रको आकारमा सुधार भइरहेको छ’ : मधुसुदन बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधु सुदन बुर्लाकोटीले अर्थतन्त्रको आकारमा सुधार हुनकासाथै आर्थिक वृद्धिदर बढ्दै गएको बताएका छन् ।

बुधबार नेपालको आर्थिक वृद्धि सम्बन्धी वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा उनले यस वर्ष ४.६१ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरिएको भन्दै गतवर्षको भन्दा यस वर्ष अर्थतन्त्रका केही क्षेत्रहरु सकारात्मक हुदैँ गएको बताए ।

उनले भने, ‘पहिलो वर्षको आर्थिक वृद्धिदर ३.६७ प्रतिशतले हुने अनुमान गरिएको थियो भने यस वर्ष ४.६१ प्रतिशतले हुने अनुमान गरिएको छ । अर्थतन्त्रको आकारमा सुधार भएको छ र कोभिड पछि घट्दै गएको आर्थिक वृद्धिदर उकाली रहेको छ । विस्तारै सुधार हुदैँ गएको छ । गतवर्ष अर्थतन्त्रका केही क्षेत्रहरुमा नकारात्मक वृद्धिदर देखिएको थियो भने यस वर्ष ती क्षेत्रहरु सकारात्मक हुदैँ गएको छ । यसले निरन्तरता लिदै जाने छ ।’
यस्तै, उनले तथ्यांक हेर्दा कृषिको क्षेत्र थोरै कमजोर भएको र कृषिको वृद्धिदर विगतको भन्दा थोरै घटेको जस्तो देखिए पनि गैर कृषि क्षेत्र बढ्दै गएको बताए । राष्ट्रिय लेखा अनुमान गर्न संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक विकास तथा सहयोगका लागि संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा संयुक्त रूपमा विकास गरेको राष्ट्रिय लेखा प्रणालीले मार्ग दर्शन प्रदानगर्दछ । यही मार्गदर्शन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय लेखा तथ्याङ्क अनुमान गरी प्रकाशन गर्दै आएको छ ।

नेपालमा पहिलो पटक आर्थिक वर्ष २०१८/१९ मा राष्ट्रिय लेखा अनुमान तयार गरिएको भएता पनि नियमित रूपमा यस्ता अनुमान प्रकाशन गर्ने कार्य आर्थिक वर्ष २०२१/२२ देखि भएको देखिन्छ ।

यसै क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय लेखाका प्रारम्भिक अनुमानका साथै अघिल्ला दुई वर्षको राष्ट्रिय लेखा अनुमानको परिमार्जन गर्ने अभ्यास बमोजिम आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमान र २०७९/८० को अन्तिममान प्रकाशन गरेको छ ।

चालु आर्थिक वर्षको राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान तयार गर्दा उपलब्ध तथ्याङ्कको आधारमा छ देखि नौ महिना सम्मका उपलब्ध आँकडा प्रयोग गरिएको छ भने बाँकी अवधिको अनुमानका लागि तथ्याङ्कीय विधि प्रयोग गरिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *