निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न थप २ पक्राउ

काठमाडौं, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ छन् ।

उनीहरुलाई प्रहरीले आज कपनबाट पक्राउ गरिएको गौचन हत्याको अनुसन्धान टोलीको नेतृत्व गरेका डिआइजी गणेश केसीले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद गरिएको छ ।

प्रहरीले गतमंगलबार गौचनको हत्यामा संलग्न ५ जनलाई पक्राउ गरिसकेको छ । गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। गोलीबाट घाइते बनेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *