Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सिनर्जीलाई प्राप्ती गरि बेष्ट फाइनान्सले थाल्यो एकीकृत कारोबार

सिनर्जीलाई प्राप्ती गरि बेष्ट फाइनान्सले थाल्यो एकीकृत कारोबार

काठमाडौं, १७ साउन । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ती गरि एकीकृत कारोबार थालनी गरेको छ । कम्पनीले राजधानीमा आज एक कार्यक्रमको आयोजना गरि बेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार थालनी गरेको जानकारी दिएको हो ।

प्राप्ती पश्चात कम्पनीको चूक्ता पूँजी ८९ करोड ५ लाख रुपैयाँ हुने छ । जसका सिनर्जीले जारी गरेको हकप्रद सेयर समेत गणना गरिएको छ । त्यस्तै निक्षेप २ अर्व २४ करोड रुपैयाँ तथा कर्जा लगानी १ अर्व ९९ करोड रुपैयाँ पुगेको छ भने कुल सम्पती ३ अर्व ६० करोड रुपैयाँ भएको छ ।

कम्पनीको शाखा संख्या १४ र एटिएम संख्या ३ पुगेको पनि जानकारी दिइएको छ । त्यस्तै कम्पनीको संचालक समितिमा समेत हेरफेर गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x