Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युबारे भारत सरकार भन्छ – ‘घट्ना अत्यन्त संवेदनशिल छ, विस्तृत अनुसन्धान गर्छौं’

नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युबारे भारत सरकार भन्छ  – ‘घट्ना अत्यन्त संवेदनशिल छ, विस्तृत अनुसन्धान गर्छौं’

काठमाडौं, १९ वैशाख। भारत सरकारले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा शाहको मृत्यु प्रकरणमा अत्यन्त संवेदनशील रहेको बताएको छ ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना व्यक्त प्रकट गर्दै ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको हो ।

भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील रहेको समेत जनाएको छ । ‘भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई गम्भीरतापूर्वक लिन्छ। हामी यस विषयमा वास्तविक समयमा सञ्चार र समन्वय सुनिश्चित गर्न नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार साथै कीआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं।’ विज्ञप्तिमा उल्लेख छ ।

साहको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो। प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि सो विश्वविद्यालयमा गएकी थिइन् । भूवनेश्वरको प्रहरीका अनुसार वीरगन्ज–१५ की साह बिहीबार राति विश्वविद्यालयकै होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन् । सूचना पाएलगत्तै फोरेन्सिक र प्रहरी टोली घटनास्थलमा पुगेको थियो र घटनामा हाल अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ ।

प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि किटमा गएकी थिइन् । उनी प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ ।  प्रिसाले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिसकेको छैन ।

उनको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *