Date

सोम, बैशाख २२, २०८२
Mon, May 5, 2025

स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

काठमाडौं, २१ वैशाख । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

आइतबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल  भएकाले बजेट ठोस र परिणाममूखी ढंगबाट आउनुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘यो  बैठकमा खासगरी सरकारले  ल्याएको आर्थिक वर्ष  ०८२/८३ को नीति तथा कार्यक्रम र जेठ १५ गते आउने बजेटका बारेमा केन्द्रित भएर छलफल गरेका छौं । नीति तथा कार्यक्रमलाई सकरात्मक रुपमा ग्रहण गर्दै आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा आफूलाई लागेका सुझावहरु सबैले दिएका छन् । मुलतः नीति कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणाममूखी होस् । विगतमा योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल देखिएको छ । भद्रगोललाई चिर्दै बजेट आओस् ।

साथै एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए ।

‘दलहरूभित्र कतिपय आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन हुँदैन भन्ने लाग्छ,’ उनले भने, ‘दलभित्रका समस्या आफ्ना ठाउँमा होलान् । हाम्रो पार्टीभित्र केही समस्या छ भने समाधान गर्ने दायित्व हाम्रो हो । अरु पार्टीसँग समस्या छ भने उहाँहरूले समाधान गर्ने हो ।’

एमालेले राजनीतिक स्थायित्व खल्बल्याउन खोज्ने पक्ष कमजोर भएको निष्कर्ष पनि निकालेको छ । साथै, आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सबै ऊर्जा लगाउने विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *