Date

मङ्ल, बैशाख २३, २०८२
Tue, May 6, 2025

संसदमा जनार्दन शर्माको प्रश्न – गभर्नर नयुक्ति गर्न नसक्ने अवस्था किन आयो ?

संसदमा जनार्दन शर्माको प्रश्न – गभर्नर नयुक्ति गर्न नसक्ने अवस्था किन आयो ?

काठमाडौं, २३ वैशाख । नेकपा माओवादीका सांसद जनार्दन शर्माले शुन्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमाउनले सरकारले सदनमाउठेका प्रश्नहरुलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भिर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।

उनले भने, ‘संसदमा पटकपटक विषयहरु उठेका छन्, प्रश्नहरु उठेका छन् । नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भिसिहरु किन खाली भईरहेका छन् । स्वास्थ्य बीमा किन भुक्तानी गरिदैँन्, मध्यपहाडी करिडोर भेरी नदि, मेगापुल, हुलाकि मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसदमा दैनिक हामीले राखिरहेका छौ । यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन् तर सरकार समाधानतिर त के जवाफ पनि दिन तयार छैन् । यो गैरजिम्मेवारी किन शुन्य समय सुनाएर उठाउँनको लागि हो भने बन्द गरौं होईन भने सरकारले गम्भिर भएर जवाफ दिनुपर्छ भनेर सभामुखसँग निर्देशनको लागि माग गर्छु ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *