Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

सेबोन अध्यक्ष श्रेष्ठले कमिसन मागेको विषय संसद् पुग्यो, श्रेष्ठमाथि कारबाही गर्न माग

सेबोन अध्यक्ष श्रेष्ठले कमिसन मागेको विषय संसद् पुग्यो, श्रेष्ठमाथि कारबाही गर्न माग

काठमाडौं, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशत सम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् ।

उनले भनिन्,‘भनिन्छ पुँजीबजार देशको अर्थतन्त्रको ऐना हो । तर यो ऐनामा एउटा कुरुपक मिसन खोरको अनुहार देखिएको छ । आईपिओहरुको निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशत सम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँग काम गरेको छैन् । पुँजी बजारमा हजारौैं नागरिकको पैसा फसेको छ । उनीहरुमाथि अन्याय भएको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसनखोर बोर्डको अध्यक्षमाथि कारबाही होस् ।’

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *