साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले मंगलबार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा.मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी थिए ।
यस्तै नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद एकनाथ ढकाल, नेकपा (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए ।