Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

पाँच अर्बको ऋणपत्र ल्याउँदै निफ्रा

पाँच अर्बको ऋणपत्र ल्याउँदै निफ्रा

काठमाडौं, ३१ वैशाख । नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)लाई पाँच अर्ब रुपैयाँबराबरको ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री गर्न स्वीकृत दिएको छ । बोर्डले मंगलबार निफ्रालाई प्रतियुनिट एक हजार रुपैयाँमा ५० लाख युनिट ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ।

सात वर्षको समयावधि तोकिएको ऋणपत्रमा ६ प्रतिशत ब्याज दिनेछ । यसलाई बोर्डले ‘ग्रिन बोन्ड’ अर्थात् हरित कोषका रूपमा परिभाषित गरेको छ । यसले नेपालमा हरित अर्थतन्त्र विकास गर्न सहयोग पुग्ने बोर्डको भनाइ छ ।

नेपालमा पहिलोपटक हरित कोष जारी गर्न बोर्डले स्वीकृति दिएको हो ।

Sanu Thapa

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *