Date

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

सेयर बजारमा ओरालो लाग्दा ७ अर्बभन्दा बढीको कारोबार, ओम मेगा फर्मास्युटिकल्सको सेयर मूल्यमा सर्वाधिक वृद्धि

सेयर बजारमा ओरालो लाग्दा ७ अर्बभन्दा बढीको कारोबार, ओम मेगा फर्मास्युटिकल्सको सेयर मूल्यमा सर्वाधिक वृद्धि

काठमाडाैं, १ जेष्ठ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २,६१२.८९ बिन्दुमा झरेको छ ।

यस दिन ३२० वटा धितोपत्रको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।

ओम मेगा फर्मास्युटिकल्सको सेयरमा सर्वाधिक वृद्धि

बिहीबार ओम मेगा फर्मास्युटिकल्सको सेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सोल्टी होटल, उपकार लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, तारागाउँ रेजेन्सी होटल लगायतका कम्पनीको सेयर मूल्यमा पनि वृद्धि भएको छ ।

सोल्टी होटलको सर्वाधिक कारोबार

यस दिन सोल्टी होटलको सेयरमा सबैभन्दा बढी ४६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

मूल्य घटेका कम्पनीहरू

बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक लगायतका कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

सेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने उच्च नै देखिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *