Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

नेप्सेमा पुनः गिरावट, गभर्नरको नीतिले पनि लगानीकर्ता उत्साहित भएनन्

नेप्सेमा पुनः गिरावट, गभर्नरको नीतिले पनि लगानीकर्ता उत्साहित भएनन्

काठमाडाैं, १२ जेष्ठ । सोमबार पनि सेयर बजारमा गिरावटको क्रम जारी रहँदा लगानीकर्तामा निराशा देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २.४८ अंकले घटेर २६७७.४९ बिन्दुमा झरेको छ।

नेपाल राष्ट्र बैंकमा १८औं गभर्नरका रूपमा डा. विश्वनाथ पौडेलको नियुक्तिसँगै लगानीकर्ताले सकारात्मक संकेतको अपेक्षा गरेका थिए। तर, आइतबार साँझ सार्वजनिक गरिएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाबाट गभर्नर पौडेलले सेयर बजार अनुकूल नीति अघि सारे पनि त्यसको तत्काल सकारात्मक प्रभाव देखिएको छैन।

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा थोरै घटेको छ। आज कुल ३३७ कम्पनीका १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँमा सीमित रह्यो।

त्यसको तुलनामा आइतबार ३१४ कम्पनीका १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रुपैयाँको कारोबार भएको थियो।

आजको बजारमा ९२ कम्पनीका सेयर मूल्यमा वृद्धि भए पनि १५५ कम्पनीका सेयर मूल्य घटेका छन्। बाँकी कम्पनीहरूको मूल्य स्थिर रह्यो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *