आज सुन र चाँदीको मूल्य पुनः घट्यो, सुन प्रतितोला २ सय र चाँदी १० रुपैयाँले घट्यो

काठमाडाैं, १३ जेष्ठ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य फेरि घटेको छ। सोमबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार थप २ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको कारोबार मूल्य यसबाट २ सय रुपैयाँ कम हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। सोमबार प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।