Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

आर्थिक सर्वेक्षण २०८१/८२ संसदमा पेस, बजेट वक्तव्य साँझ ५ बजे

आर्थिक सर्वेक्षण २०८१/८२ संसदमा पेस, बजेट वक्तव्य साँझ ५ बजे

काठमाडौँ, १५ जेष्ठ । चालु आर्थिक बर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संसदमा पेस गरेका हुन् ।

हिजोसम्म प्रतिनिधि सभाको बैठक अबरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरुले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिने भनेपछि अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए ।

आर्थकि सर्वेक्षण पेश गर्दै अर्थमन्त्री पौडेलले यस वर्षको आर्थिक बृद्धिदर ४.६१ प्रतिशत हुने उल्लेख गरे।  मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनको भनाइ थियो ।

आर्थिक सर्वेक्षण संसदमा पेश गर्नुअघि नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले संसदमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्नुपर्ने संबैधानिक वाध्यतालाई बुझेर अबरोध नगर्ने बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *