Date

शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड”, डिजिटल भुक्तानी अझै सहज बनाउने लक्ष्य

एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड”, डिजिटल भुक्तानी अझै सहज बनाउने लक्ष्य

काठमाडौं, २१ जेष्ठ । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवाविस्तार गर्ने क्रममामिति २०८२ साल जेठ २० गते देखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।

यस अन्तर्गत बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवालिन सक्नेछन् । सो सेवामार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *